काठमाडौं । घोराही सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो ।
आम्दानी अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ४७ करोडमा झरेको छ ।
कम्पनीको वित्तीय लागत भने ७९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४९ लाख रुपैयाँ वित्तीय लागत रहेकोमा गत आर्थिक वर्ष यो ७६ करोड १७ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा ४ अर्ब ९२ करोड रुपैयाँ छ ।




















प्रतिक्रिया