Logo

अर्थ

नाफासँगै शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानीमा उच्च वृद्धि



काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.२६ गुणाले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २२ करोड ६१ लाख रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद प्रिमियम आम्दानी १ अर्ब ३७ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ५६ करोड छ । प्रिमियमसहितको कुल आम्दानी गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ छ ।

त्यस्तै कुल खर्च अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९६ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि उच्च दरले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा यो १९ रुपैयाँ ३२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा १ अर्ब ७१ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १४ करोड १२ लाख रुपैयाँ छ । कम्पनीको सञ्चित नाफा ३१ करोड ५१ लाख रुपैयाँ छ । यस कम्पनीको मूल्य दोस्रो बजारमा प्रतिकित्ता १०३८ रुपैयाँ छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  १ : १६ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।