Logo

कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्थापित उक्त पदमा चार वर्षसम्म रहनेछन् ।