Logo

भूकम्प पीडितहरूका लागि एनआरएनएद्वारा १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना

काठमाडाैं । जाजरकाेट, रुपकुम पश्चिम र आसपासका क्षेत्रका भूकम्प पीडितहरूका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेकाे छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय भएको हाे…