Logo

अर्थ

भूकम्प प्रभावित क्षेत्रमा खटिने जहाजमा प्रयाेग हुने इन्धन बापतको शुल्क निगमले नलिने



काठमाडौं । नेपाल आयाल निगमले भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि खटिने जहाजमा लाग्ने इन्धनको शुल्क नलिने भएको छ ।

राहत तथा उद्धार कार्यत्रमा खटिएका नेपाल एयरलाईन्सका जहाज र नेपाली सेनाको हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम निगमले आर्थिक वर्ष ०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने जानकारी गराएको छ ।

निगमले भूकम्पबाट ठूलो मानवीय क्षति भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारलगायत उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १७:२५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।