Logo

युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको ८६औं बैठकबाट भट्टराईको साउन १८ देखि लागू हुने गरी राजीनामा स्वीकृत भएको छ । यस्तै, उनको राजीनामा स्वीकृतिसँगै कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।