काठमाडौं । लगातार दोस्रो दिन बुधबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजार आज नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२८ अंकले घटेर ३५३.४३ को विन्दुको विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ ।…