Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

आज सुनको मूल्य तोलामै १ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको आजको मूल्य हालसम्मकै उच्च हो । यसअघि गत वैशाख २१ गते सुनको मूल्यले नयाँ उचाइ चुमेको थियो । त्यतिबेला छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो पनि सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १३:१२   :  बजे

495
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।