Logo

अर्थ

‘शेयर बजारप्रति हामी सकारात्मक छौं, बजार बिगार्ने कुनै नियत छैन,’ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आफू शेयर बजारप्रति सकारात्मक रहेको बताएका छन् । मंगलबार बजेटपछिको पत्रकारसँगको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘शेयर बजारप्रति हामी सकारात्मक छौं, बजार बिगार्ने कुनै नियत छैन,’ उनले पत्रकार सम्मेलनमा भने । लगानीकर्ताले बजेट भाषणको सही आशय नबुझेकाले शेयर बजार प्यानिक भएको उनले बताए । ‘बजार प्यानिक भएको नबुझेर हो, अब हामीले बुझाउने छौं,’ उनले पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १८:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।