काठमाडौं । सरकारले उखु किसानसँग गरेको सहमति पूरा नभएको भन्दै काठमाडौंमा फेरि आन्दोलन सुरु भएको छ । तराइबाट काठमाडौं आएर किसानहरु धर्नामा बसेका छन् । माइतीघरमा किसानहरु सात दिनदेखि धर्नामा रहेका छन् । विभिन्न पाँचवटा बुँदासहितको ब्यानरसहित उखु किसानहरु आन्दोलनमा रहेका छन् । सरकारले २०७२ सालमा उखु किसानसँग गरेको सहमतिअनुसार प्रति क्विन्टल २५ रुपैयाँ सरकारले…