काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुमाथि छुट्टै छानबिन गर्न प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ । अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण गर्ने र भ्रष्टाचार गर्ने कार्यसमेत देखिएकाले अलग्गै अनुसन्धान गरी मुद्दा दायर गर्न यी दुई निकायलाई पत्रचार गरिएको हो ।
नक्कली शराणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ। अनुसन्धानपछि संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा हदैसम्मको सजाय हुनुपर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार पेस भएको छ।
सरकारी वकिलले त्यसमा दुई दिन अध्ययन गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।




















प्रतिक्रिया