काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैह्रेले प्रतिपक्ष दलको आग्रह अनुसार नीति तथा कार्यक्रम पुर्नलेखन नगरेपनि सत्ता पक्षकै सांसदले हालेका संधोशन अनुसार संशोधन गर्न भनेका छन् । सोमबार प्रतिनिधिसामा बोल्दै उनले १८८ मध्ये १२० बुँदामा संशोधन परेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
‘१८८ मध्ये १२० बुँदामा संशोधन परेको छ’, उनले भने, ‘अरु नभए पनि सत्ता पक्ष नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले ‘सबै बुँदामा संशोधन’ भनेर भन्नुभएको छ । त्यसैअनुसार संशोधन गरौं ।’
अहिले संशोधन प्रस्तावलाई बेवास्ता गर्दै सत्ता पक्षले जस्ताकोत्यस्तै पास गर्न खोजेको उनले बताए । ‘अहिले जस्ताको त्यस्तै पास गर्न खोज्ने हुनुहुन्छ । रोष्ट्रममा उभिएर प्रतिपक्षलाई गाली गर्नमा आफ्नो बहादुरी देख्दै हुनुहुन्छ’, सांसद गैह्रेले भने, ‘तर यो नीति तथा कार्यक्रमले राष्ट्रयता, स्वभिमान, गणतन्त्र केहीलाई पनि बलियो बनाउँदैन ।’
सरकारको नीति तथा कार्यक्रमले देशको आर्थिक संकटलाई वास्तविक मूल्यांकन नगरेको उनको टिप्पणी छ ।




















प्रतिक्रिया