काठमाडौं । सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि भन्दै प्रधामन्त्री पुष्पकमल दाहाललाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण…