काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया