कैलाली । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् । तर स्वस्तिकाको यस वर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उहाँको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म…