काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै छापालावा सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
हिजो साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिक्रिया