Logo

अर्थ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ७५ करोडमा सीमित



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२३ अंकले बढेर ३५९.३७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७५ करोड १३ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ। कुल ४ वटा उपसमूहको सेयर मूल्य घटेको छ भने ९ उपसमूहको सेयरको मूल्य बढेको छ।

आज कारोबार भएका कम्पनीमध्ये १२० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।