काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । गत साता ३.२८ अंक घटेर १९३३.५५ बिन्दुमा रोकिएको नेप्से आइतबार ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा उक्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले घटेर ३८६.२६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर…