काठमाडौं। आयातमा उल्लेख्य वृद्धि भएपछि अमेरिकाको व्यापार घाटा मे महिनामा एक वर्षभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ। विश्लेषकहरूले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएका कारण व्यापार घाटा फराकिलो भएको बताएका छन्। अमेरिकी वाणिज्य विभागका अनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२.२ प्रतिशतले बढेर ७७.६ अर्ब अमेरिकी डलर पुगेको…