Logo

मुक्तिनाथ विकास बैंकले आनका सदस्यलाई विना धितो १५ लाखसम्म कर्जा दिने

नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सम्झौता भएको छ । आइतबार सम्झौता अनुसार आनका सदस्य एजेन्सीहरूलाई बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा…