काठमाडौं । सरकारले स्थल नाकाबाट सिमाना ओहोरदोहोर गर्ने यात्रुका लागि भन्सार छुट सम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ । राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाअनुसार अब स्थलमार्गबाट नेपाल भित्र्याइने वा बाहिर लैजाने ५ सय रुपैयाँसम्म मूल्य बराबरका सामानमा भन्सार नलाग्न सक्ने व्यवस्था गरिएको छ । यसअघि १ सय रुपैयाँसम्म मूल्यका सामानमा मात्र यस्तो छुटको व्यवस्था रहेको थियो ।…