काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। यससम्बन्धी समझदारी पत्रमा नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन् ।
बढ्दो निर्माण लागत र प्राविधिक कारणले बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो । यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ।
सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रको सवारी आवागमन निकै सहज हुने र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।




















प्रतिक्रिया