हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् । भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि रोकिएको छ । चालकले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको सीमा हटाउनुका साथै, तोकिएको मापदण्डभन्दा बढी नोक्सानी भए दोब्बर…