काठमाडाैं । सानिमा बैंकका ग्राहकले फिनतारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा सामान खरिद गर्न पाउने भएको छ । बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद…