Logo

अर्थ

सानिमा बैंक र फिनतारा सोलुसन्सबीचको सहकार्य



काठमाडाैं । सानिमा बैंकका ग्राहकले फिनतारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा सामान खरिद गर्न पाउने भएको छ ।

बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिनेछ ।

यस पहलले उच्च मूल्यका सामग्रीलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकलाई विनाब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।