काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)निरञ्जन फुँयालले राजीनामा दिएका छन् । नेप्से सञ्चालक समितिले आइतबार फुयाँलको राजीनामा स्वीकृत गरेको हो । स्रोतकाअनुसार फुयाँल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा छन्। अब छिट्टै एनआरएनको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने स्रोतको भनाइ छ ।