Logo

अर्थ

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यही कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बैंकले लाभांश पारित गर्न कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि १९ औं साधारण सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १०:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।