Logo

अर्थ

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा



काठमाडौं । महालक्ष्मी विकास बैंकको लाभांश घोषणा भएको छ ।

बैंक गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.३७ प्रतिशत नगद लाभांश गरि कुल १०.३७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको आजै अर्थात् कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले उक्त दरमा लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।