काठमाडौं । ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङले नयाँ सरकारमा तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । पूर्वकार्यकारी निर्देशकका रूपमा नेपाल विद्युत प्राधिकरणमा दुई कार्यकाल बिताएका घिसिङले पहिलो कार्यकालमै मुलुकभरको लोडसेडिङ अन्त्य गर्दै "उज्यालो नेपाल" का प्रतीक…