काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको विकास र समृद्धिका लागि सबै पुस्ताबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार लेखक खेमराज नेपालद्वारा लिखित ‘इलामको नालीबेली’ पुस्तक विमोचन समारोहमा बोल्दै सचेतक राईले इलामप्रति माया, सद्भाव र समृद्ध इलामको सपना बोकेर बसेका अग्रज व्यक्तित्वहरूको अनुभव र सुझाव नयाँ पुस्ताका लागि महत्त्वपूर्ण हुने पनि उल्लेख गरे…