डडेल्धुरा । 'अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी ? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि ?’ यही नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन गर्यो।…