एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका-१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । मालारानी गाउँपालिका-९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेकाे र तत्काल शिक्षककाे व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकसहितका सदस्यहरूले विद्यालयको लेटरप्याडमै निवेदन लेखेर प्रजिअलाई…