काठमाडौं । सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकलाई नै विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ । संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने व्यवस्था छ । विधेयकमा विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव छ । समितिमा बुद्धिजिवी, शिक्षाप्रेमी…