काठमाडौं । शिक्षक आन्दोलनका कारणले काठमाडौंका सडक अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरु बुधबारदेखि आन्दोलनमा छन् । माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनले हरेकजसो चोकमा लामो जाम लागेको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त भएको छ । यसका कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । शिक्षकहरूले संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा…