धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न सकेनन् । किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कहर गरेर मात्र खोप लगाउन आएको बताए । १-४ मंसिरसम्म महोत्तरीको सातवटा पालिकाको टोल-टोलमा खोप अभियान…