पछिल्लो २४ घण्टामा २ सय ३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
९ हजार १ सय ३२ जनाको नमुना संकलन गर्दा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ३२ र १ हजार २ सय ७८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोना मुक्त भएका छन् । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार १ सय ६४ जना रहेका छन् ।





















प्रतिक्रिया