Logo

पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना पुष्टि 

नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै मंगलबार थप १०६२ जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४०६३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।