Logo

स्वास्थ्य

नारायणी अस्पतालमा ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 



पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सघन उपचार कक्षमा उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो ।

ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनी मधुमेह र उच्च रक्तचापको समेत विरामी थिइन् । उनको अस्पताल भर्ना भएको ८ घन्टामा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ३३ बजे