अस्पतालै अस्पतालको सहर भरतपुरमाथि बिरामीको ठूलो भरोसा छ। तर, यहाँका अस्पतालहरू भने अचेल बिरामीको उपचारबाट भाग्ने प्रतिस्पर्धामा छन्। अस्पतालहरूको यही प्रतिस्पर्धाका कारण आइतबार जण्डिस र कलेजोका एक बिरामीले ज्यान गुमाए। बिरामी जुनसुकै समस्याका हुन्, यहाँका निजी अस्पताल तथा मेडिकल कलेजहरू ज्वरो आएकालाई भर्ना लिनै मान्दैनन्। कोरोना संक्रमणको आशंकामा अस्पतालहरूले आइसियू र भेन्टिलेटर नभएको भन्दै बिरामी…