काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको राष्ट्रिय सर्तकता केन्द्रमा, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।…