सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापनलाई विश्वव्यापी रुपमा रोक लगाउने भएको छ । राजनीतिक सन्देशहरू खरिद नभइ प्राप्त गर्नुपर्ने भन्दै ट्वीटरले उक्त प्रतिबन्ध लगाउने भएको हो । ट्वीटरको प्रतिस्पर्धी फेसबुकले भने राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध नलगाउने अडान राखेको छ । ‘इन्टरनेट विज्ञापन व्यवसायिक विज्ञापनकर्ताका लागि अद्भूत रुपमा शक्तिशाली हुन्छन् र ज्यादै प्रभावकारी हुन्छन्, यस्तो प्रभावले राजनीतिक रुपमा…