Logo

समाचार

प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस बेवारिसे



प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस नै बेवारिसे बनेका छन् । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उद्घाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएर बसेका छन् ।

६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् । सरकारले समेत बस सञ्चालनमा बेवास्ता गर्दै आएको छ ।

लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो ।

लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ । तर, प्रधानमन्त्रीले उदघाटन गरेका बस अहिले कम्पनीमा अलपत्र छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।