वीरगंज । वीरगंजका युवाहरुले एनसेलले आफ्नो कलर ब्याक ट्युनमा छठपर्वको धुन नबजाए ब्वाइकट एनसेएल ‘Boycutt Ncell’ अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् । उनीहरुले दशैँ तथा तिहार पर्वमा चाडपर्वको धुन बजाए जस्तै छठपर्वको धुन बजाउनु पर्ने माग गरेका छन् । यदि आज साँझसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरु एनसेल बहिस्कार गर्ने उनीहरुको भनाइ छ ।…