चिकित्सा शिक्षा अध्ययनकै लागि वर्षेनी हज्जारौं विद्यार्थी विदेशिएको सन्दर्भमा नेपालमै गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्ने नेकपाकी केन्द्रिय सदस्य भगवती चौधरीले बताएकी छिन् । गत साता प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि सोको विरोध भइरहेको अवस्थामा विधेयक अकाट्य नरहेको भन्दै समय अनुसार परिमार्जन गर्दै लैजानु पर्ने समेत उनले जिकिर…