Logo

अन्तर्वार्ता

अधिनायकाबादको नेपालले सामना गर्न सक्दैन, यसैले सरकारले अराजकताबाद ल्यायो : चन्द्र भण्डारी



देशको पछिल्लो राजनितीक अवस्था र सरकारले गरिरहेको गतिविधी प्रति कांग्रेसको धारणाका बारेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीसंग अनलाईन पाना डटकमका सम्बाददाता  लाल बहादुर विकले गरेको कुराकानी

प्रधानमन्त्री ओलीले देशलाई सम्बोधन गर्दै सरकार सफल भएको बताउनु भएको छ । यसबारेमा कांग्रेसको धारणा के छ ?

प्रधानमन्त्रीले आफ्नो कार्यकालको बारेमा जानकारी गराउदै विगतमा भन्दा अहिले मैले राम्रो काम गरेको छु । विगतमा भन्दा नेपालमा अअहिले विकाश भएको छ । जनताहरु खुसी छन् । यो प्रधानमन्त्री जुन भनाई राख्नु भयो । एक वर्षे कार्यकालमा सबै कुराहरु हुनै सक्दैन् । यहि नेर प्रधानमन्त्रीले ज्यु झुक्नु भएको छ । हामीले प्रधानमन्त्रीले वा सरकारले जुनसुकै पार्टिका साथिहरुले पनि ति पार्टिहरुले राम्ररी काम गरुन देशमा विकाश होस् । समृद्धि ल्याउन यहि हाम्रो चाहाना हो । तर, प्रधानमन्त्री ज्यु कसरी बोल्नु हुन्छ ? जसरी आफ्ना कुरा राख्नु हुन्छ । नितान्त छोटो र सभ्य छैन् । यि सबै कुराहरु पुरा हुनका लागि समय लाग्छ ।

तपाई नै विकााश भएन भनेर विरोध गर्नुहुन्छ । तपाईं नै विकाश गर्न समय लाग्छ भन्नुहुन्छ । कतै तपाईहरुले नै विकाश के हो नबुझ्नु भएको हो की ?

विकाशको बारेमा हामीले कुराहरु नबुझे कसले बुझ्छ ? देशको कुल बजेटमा तिन खरब पैसा मध्य हामीलाई चाहिने विकाशमा हामीले लगानी लगाएका छौ । साँढे १० अरब राजस्व हुन्छ । अरु सबै बजेट मध्येमा २ खरब हाम्रो विकाशमका जान्छ । तिन खरब बजेटको आधा बजेट पनि उहाँको कार्यकालमा लागु भएको छैन् । खर्च भएको छैन् । अब सडकको विकासर जस्रोतको विकाश कसरी हुन्छ ? यसैमा यहि बजेटबाट करप्सन हुन्छ । भ्रष्टाचार हुन्छ । त्यस कारण प्रधानमन्त्रीले के भन्नुहुन्छ भने मेरै पालमा समृद्धि आएको छ । देश विकाश भएको छ । सकृद्धिको दिशामा देशले अग्रगामि छलाङ मारेको छ । कसरी भन्न सक्नु हुन्छ ? विगतमा ल्याईएका योजनाहरुलाई अघि बढाईएको छैन् । विकाश कसरी हुन्छ ? विकाश नै भाको छैन् त खर्च कसरी हुन्छ ? अब प्रधानमन्त्री ओलीले नै बुझ्नु पर्ने कुरा हो । खानेपानीको विकाश कसरी हुन्छ ? यो प्रधानमन्त्रीले बुझ्नु पर्यो । सरकारका मन्त्रीहरुले बुझ्नु पर्यो । प्रधानमन्त्रीका सल्लाहकारहरुले बुझ्नु पर्यो । त्यस संगै के बुझ्नु पर्यो भने विकाश के हो ? हामीले अहिले पहिले भन्दा विकाशको संरचना पहिले भन्दा फरक गरेका छौ । किनभने सिंहदरबारको अधिकार गाउँमा पु¥यायौ । सोहि कारणले गर्दाखेरी गाउँमा बजेट दिएका छौ । त्यो गाउँमा बजेट ल्याउदा खेरी हामीले गाउँको वाडाको अध्यक्षले डोजर किनेका छन् वा पार्टिका कार्यकताले डोजर किनेका छन् । केन्द्रमा हामीले प्लेन किनेका छौ । वाईडबडि प्रकरणमा करिब ६÷६ अरब हामीले घुस खान्छौ । गाउँकाले डोजर किनेर घुस खान्छ । पहिला हामीले यस्ताो रित बसाएका छौ भने कसरी समृद्धि आउछ ? कसरी विकाश हुन्छ ? हामीले भन्दा के काम ग¥यौँ त ? यो प्रधानमन्त्रीले बुझ्नु पर्यो । सडक एउटा नयाँ बनाउनु भयो की, खानेपानी नयाँ बनाउनु भयो की, सिँचाई नयाँ बनाउनु भयो की ? स्वास्थ्य चौकी हरु नयाँ बनाउनु भएको की भन्दा वर्तमान सरकारले के नयाँ बनायो ? पुराना कुराको चियो चर्चा समेत हुन सक्दैन् । हाम्रो छिमेकी देश भारतको दुईवटा प्रान्तमा कंग्रेस विजयी भयो । हामी विगतका योजनाहरुलाई निरन्तरता दिन्छौ । विजेपी सरकारले सुरु गरेका योजनालाई निरन्तरता दिईयो भन्यो । हामीले चाहिने विगतमा भएका कामहरुलाई निरन्तता दिएका छैनौ । त्यसकारण प्रधानमन्त्री ज्यु लाई यहाँनेर मैले उहाँको समृद्धि र विकाशलाई हेर्न चाहेको । कहाँ छ उहाँको समृद्धि ? कहाँ छन् उहाँका सुखी नेपाली ?

देशबाट भ्रष्टाचार हटाउने भन्दै प्रधानमन्त्री बोलि रहनु भएको छ ।  के यो सम्भव छ ?

भ्रष्टाचार कम गर्ने नगर्ने कुरा आफ्नो ठाउँमा छ । त्यो गर्नुहोला तर, अहिले भ्रष्टााचारको अवस्था के छ ? कति कमि भएका छ । या छैन्, भन्ने कुरा प्रधानमन्त्रीले गर्नै मिल्दैन उहाँले आफै भ्रष्टाचार गरिरहनु भएको छ । गृहमन्त्रीले सिण्डिकेटका कुरा गर्नुभयो । उहाँले यातायातलाई त्यहि बेला छुट दिनु भयो । पैसाको कारणले यो सब गर्नु भयो । एउटा प्लेन किन्दा मात्र देशमा छ अरब भन्दा बढि भ्रष्टाचार हुन्छ । त्यस्तै बुढिगण्डकीमा गरे, त्यस्तै ३३ किलो सुनमा गरियो । त्यत्तिकै प्रदेशहरुमा गाडि किन्दा भ्रष्टाचार गरियो । त्यो सबै कुराहरुलाई के भन्ने ? क्रप्सन नेपालको ईतिहासमा सबै भन्दा बढि हुनेवाला छ । पहिलाको करप्सनमा सिमित ब्याक्ति हुँदा हामीले अख्तियार मार्फत कारवाहि गथ्र्यौ । त्यहि मान्छेलाई हामीले थुनेर क्रप्सन नियन्त्रण गथ्र्यौ । अहिले क्रप्सन सिंहदरवार देखि प्रत्येक वाडाहरु सम्म छरेको छ । नेपालको ईतिहासमा सबैभन्दा क्रप्ट समय भ्रष्टहरु भएको समय हो। विदेशी संस्थाहरुले पनि यहि देखाएको छ । अहिले आएर ओलीले हामीले गर्दा करप्सन बढ्यो । हाम्रो मनस्थीती करप्सनमा गयो । यसलाई मैले कन्ट्रोल गर्छु । मैले कन्ट्रोल गर्न खोजिरहेको छु भन्न उहाँले सक्नुहुन्न । हिजै उहाँले एकातिर भ्रष्टाचार कम भयो भन्नु हुन्छ । अर्कोतिर उहाँको अख्तियार आयुक्तले नै घुस खाएको कुरा आउँछ । भनेपछि करप्सन कहाँनेर नियन्त्रण भयो ? भन्ने कुरा मैले जान्न चाहेको छु दोस्रो कुरा । तेस्रो कुरा महंगी यतिधेरै बढेको छ, की हामी जनताले केही किन्न नसक्ने स्थीती आएको छ । पैसाको डिपोजिट भईरहेको छ । विदेशीहरुले हामीलाई सहयोग दिन रोकिरहेका छन्, भने यो अवस्थामा हामीले जनताहरु किन यस्तो भन्नुहुन्छ भन्दा प्रधानमन्त्री के भन्न सक्नुहुन्थ्यो भने देशमा महंगी बढ्यो भ्रष्टाचार बढ्यो । हामीले विगतमा बनाएका राज्यका संरचनाहरु धेरै भए । जसलाई हामीले आकलन गर्न सकेनौ । जसको राजस्वाको खर्च हामीले आफैले गर्न सकेनौ । यसकारण समस्या भन्नुको साटो एकै चोटी सबै कुरा भयो । भनेर भन्न मैले प्रधानमन्त्री ज्युलाई विनम्र अनुरोध गर्न चाहान्छु । चौथो कुरा के भन्न चाहान्छु भने्, प्रधानमन्त्री ज्यु भन्नु हुन्छ । मलाई कांग्रेसले काम गर्न दिएन भनेर कसरी भन्न सक्नु हुन्छ ?

तपाई विदेशी सहयोग आएनन भन्नु हुन्छ । तर, सरकारले विदेशसंग सम्बन्ध सुधारेको बताउछ । खास कुरा के हो ?

विदेशसीत प्रधानमन्त्री जहाँ जानु भएको छ । उहाँ विभिन्न देशमा जानु भयो । राष्ट्रसंघमा जानुभयो । स्विजरल्याण्ड जानुभयो । उहाँकाmे एक्सप्रेसन राम्रो छ । उहाँले नेपालको बारेमा हाम्रो देशको समस्याहरुको बारेमा राम्रो प्रष्टिकरण दिनुभयो । यसमा मेरो कुनै दुविधा छैन् । तर, देशभित्र आईसहेपपछि उहाँ केहि एक्सन लिनु हुन्न । उता, हाम्रो छिमेकी राष्ट्र भारतले दश गजामा नेपाली भुमि मिचेर डोजर लगाएको छ । उहाँ एक शब्दपनि बोल्नुहुन्न । तर, भेनेजुएलाको बारेमा जसले सबैभन्दा ठुलो सहयोग गरेको छ । उसैका निम्ति रिसाउन आट्छौ । न कुनै चाहात छ, न कुनै आवश्यकता छ । पञ्चशिलको सिद्धान्त भनेको के हो थाहा छैन् । अर्कोतिर चीन र भारतसंग हामी छौ । तपाई संयुक्त सैन्य अभ्यास गराएर भारतसंग मिलाउछौ । बल्ल बल्ल सम्बन्ध सधार भएको भारतसंग पनि हामी निहुँ खोज्छौ । एकतिर चीन तर्साउछौ । एकातिर भारतलाई तर्साउछौ । अनि केपी ओली जीले भन्नुहुन्छ्, मेरो सोचाई राम्रो थियो । मेरा पखेटाहरु राम्रा भएनन् । मेरा पखेटाहरु कमजोर भए, मेरा पखेटाहरु निदाए भने भन्नुहुन्छ ।
प्रधानमन्त्रीले भन्नुभाछ प्रतिपक्षले सरकार असफल बनाउन लोकतन्त्र खुम्च्याउन थालियो, देशमा अधिनायकबाद आयो भन्ने आरोप लगायो भन्नुभाछ । के कांग्रेस यस्तै भनेको हो ?

नेपालमा अधिनायकबाद आउनै सक्दैन । तर, नेपालमा अराजकताबाद, भ्रष्टबाद, अनैतिकबाद नेपालमा आउन सक्छ । अधिनायकबाद भनेको धेरै कठोर कुरा हो । त्यसको नेपालले सामना गर्न सक्दैन। नेपालमा हुनपनि सक्दैन । यसैले सरकारले देशमा अराजकताबाद, भ्रष्टबाद, अनैतिकबाद ल्याएको हो ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ११ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।