नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएको छ ।नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मंगलबार विज्ञप्ति जारी गरेर प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई दमन नगर्न चेतावनी दिएका छन् । उनले पोखरामा पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका अध्यक्ष नैनसिंह महरसहितका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए…