Logo

प्रमुख समाचार

पक्राउ परेका विद्यार्थी नेताहरुलाई नछाडे नेविसंघले उथलपुथल ल्याउने



नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै विरोध जनाएको छ ।नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मंगलबार विज्ञप्ति जारी गरेर प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई दमन नगर्न चेतावनी दिएका छन् ।

उनले पोखरामा पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका अध्यक्ष नैनसिंह महरसहितका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए ।पक्राउ परेका सबै विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइ गर्न महामन्त्री काफ्लेले चेतावनी दिएका छन् ।

उनले विद्यार्थी नेताहरुलाई रिहाइ नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए ।नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दै आएको छ । विद्यार्थी नेताहरुले सुरक्षाकर्मीहरुलाई पनि आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।