Logo

प्रमुख समाचार

गृहमन्त्री रामबहादुर थापाको प्रश्न – चुनावमा हार्ने अनि दुईतिहाईको सरकार ढाल्न खोज्ने ?



नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले वर्तमान सरकारलाई असफल बनाउने देशलाई टुक्राउन चाहने तत्व सल्बलाएको बताएका छन् । सर्लाहीको मुर्तियामा मंगलबार आयोजित कार्यक्रममा उनले अहिलेको कम्युनिष्ट सरकारलाई असफल बनाउने देशलाई बिखण्डनमा जाने चाहने आन्तरिक र बाह्य शक्ति सक्रिय रहेको जिकिर गरेका हुन् । मुर्तियामा आयोजित मुक्तेश्वर महोत्सव उदघाट्नपछि थापाले भने, ‘देश विखण्डन गर्ने शक्तिसँग सचेत हुने बेला आएको छ ।

चुनावमा पराजित आन्तरिक र केही बाह्य शक्ति देश टुक्र्याउने खेलमा लागि परेका छन्।’ यद्यपी उनले देश टुक्र्याउने खेलमा लागेका शक्ति को हुन् ? स्पष्ट खुलाएनन् । थापाले भने, ‘सबैभन्दा पहिला देशको अखण्डता र एकता जरुरी छ । त्यसका लागि पनि अहिले एक ढिक्का भएर देश विकासको बाटोमा अगाडि बढ्नुपर्ने बेला छ ।

निर्वाचनमा पराजित शक्ति दुई तिहाइको सरकार गिराउन चाहन्छ भन्दै थापाले यस्ता शक्तिबाट जनता सचेत हुनुपर्ने तर्क गरे । मन्त्री थापाले केही शक्ति केन्द्र सरकारविरुद्ध बखेडा झिकेर कमजोर पार्ने खेलमा लागेको भन्दै गणतन्त्र विरोधी शासक पनि देशबाट संघीयता हटाउने खेलमा लागेको आरोप लगाए ।

उनले देशमा पुनः राजतन्त्र पुनस्थापनाका लागि खेलहरु भइरहेको भन्दै यसमा विदेशी शक्तिसमेत लागेको बताए । उनले भने, ‘देशमा आएको परिवर्तन देखेर केही गणतन्त्र विरोधी छटपटाई रहेका छन् । हामी सचेत भएर नबस्ने हो भने कुनै बेला चलखेल गरेर गणतन्त्र फाल्न सक्छन् । थापाले देशलाई १५÷२० वर्षमा समृद्ध बनाउने लक्ष्य सरकारले बोकेको सुनाए ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।