Logo

प्रमुख समाचार

देशभरि कांग्रेसको विरोध हुँदा देउवा किन बाहिर निस्किएनन, खुल्यो भित्रि रहस्य



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो (सोमबार) देशभरि सरकारको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा भने विरोध सभामा सहभागी भएनन् ।

देशका ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध नारा, जुलुश तथा प्रर्दशन गर्दा देउवा सहभागी नहुनुलाई रहस्यको रुपमा हेरिएको छ । स्रोतका अनुसार देउवा अस्वस्थ भएर वा अरु कुनै कारणले गर्दा विरोध सभामा सहभागी नभएका होईन् । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक सहमतिका कारण विरोध सभामा सहभागी नभएको खुलासा भएको छ ।

डाक्टर गोविन्द केसीको अनशन तोडाउन देउवाले नै पहल गरेका थिए । त्यो पनि प्रधानमन्त्री ओलीकै सहमतिमा । केसीको अनशन तोडाउनुअघि देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि पनि उनले ओलीसँग कांग्रेसका केही नेता तथा नेविसंघका अध्यक्षसहित ओलीसँग भेटेका थिए ।ओली र देउवाबीच केसीको अनशन तोडाउन सहमति हुनुको पछाडि अर्को कारण छ–वाईडबडी खरिद प्रकरणमा देउवाको नाम मुछिनु ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।