काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावली, २०८३ का केही विवादित प्रावधान तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्तले सङ्घीय संसद् सचिवालय, सिंहदरबारलगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो। प्रधान न्यायाधीश डा.मनाेजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी,…